हल्दीबाड़ीबाट दार्जिलिङ मेल शुरू गर्नेको प्रतिवादमा रेलवे अधिकारीलाई ज्ञापन

सिलगढी (निसं): दार्जिलिङ मेल आउँदो 15 अगस्तदेखि हल्दीबाड़ीदेखि चल्न शुरू गर्ने भएपछि यसको विरोध जनाउँदै आज सिलगढी विधान मार्केट व्यवसायी समितिको तर्फबाट रेलवे अधिकारीलाई एउटा ज्ञापन सुम्पिएको छ। यसबारे सङ्गठनका संयुक्त सचिव राजू दे-ले भने, दार्जिलिङ मेल सिलगढीको गौरव हो। तर ट्रेनलाई सिलगढीबाट हटाएर हल्दीबाड़ी लगिँदैछ। यसले गर्गा सिलगढीका मानिसहरू अनि व्यवसायीहरूलाई धेरै नोक्सान हुनेछ। यसैले हल्दीबाड़ीबाट वैकल्पिक ट्रेनको व्यवस्था गरेर एनजेपीबाट नै दार्जिलिङ मेल शुरू गरिनु पर्ने आफुहरूको माग रहेको छ।  


 

 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.