हल्दीबारी चिया बगान इलाकाबाट 3 वटा मरेको बाइसन उद्धार

जलपाइगढी: वन विभागले हल्दीबारी चिया बगान इलाकाबाट तीन वटा बाइसनको शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार मोराघाट रेञ्ज अन्तर्गत खुट्टीमारी बिटको सीएमजी 12 कम्पार्टमेन्ट एवम्  हल्दीबारी चिया कमानको  4 नम्बर सेक्शन बीच दुईवटा शावकसहित एउटा मदर बाइसनको शव उद्धार गरेको छ। स्थानीय मानिसहरूले सबैभन्दा पहिला बाइसनको शव देखेपछि यसबारे वन विभागलाई जानकारी दिए। यस सम्बन्धमा मोराघाट रेञ्जका रेञ्जर राजकुमार पालले बताए अनुसार चिया बगानबाट जानकारी पाएर घटनास्थलमा पुग्दा हल्दीबारी र  मोराघाट जंगल बीच खाली ठाउँमा तीनवटा बाइसन मरेको अवस्थामा भेट्टाइयो। के कारणले बाईसनरो मृत्यु भयो भन्नेबारे अझसम्म स्पष्ट भएको छैन। खुट्टीमारी जंगलमा बाइसनको शवहरूको पोस्टमार्टम गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *