हाफ म्याराथन दौडमा सिलङका तीर्थ पुण प्रथम

सिलगढी : उत्तरबंग उत्सव कार्यक्रम अन्तर्गत आज 71औँ गणतन्त्र दिवसको दिन सिलगढीमा 21 किलोमीटरको हाफ म्याराथान प्रतियोगिताको आयोजना गरियो। उत्तर बंग उत्सव कमिटीद्वारा अग्रणी संघको आयोजनामा गरिएको उक्त म्याराथान दौडको मुख्य अतिथि राज्यका पर्यटन मन्त्री गौतम देवले हरियो झण्डा देखाएर यहाँको हाशमीचोकबाट शुरू गरे। उक्त म्याराथान दौडमा सिलङका तीर्थ पुण फेरि विजयी बने। तिनले गत वर्ष झैँ यस वर्ष पनि म्याराथान दौड प्रतियोगितामा पहिलो स्थानमा जीत हासिल गरे। यसैगरी, सिलगढीका शङ्कर मन थापाले दोस्रो अनि हरियाणाका सन्दीपलेतेस्रो स्थान प्राप्त गरे। यी तीनै विजयी प्रतियोगीहरूलाई पुरस्कार स्वरूप क्रमशः 1लाख, 50 हजार अनि 25 हजार रुपियाँको चेक प्रदान गरियो। अर्कोतिर, आठ किलोमीटर दौड़ प्रतियोगितामा पुरुष वर्गमा कालेबुङका विकास भुजेल अनि महिला वर्गमा सिलगढी बाघडुग्रा निवासी अनिशा मुण्डाले प्रथम स्थान ओगटे। यी दुवै धावकलाई 15-15 हजार रुपियाँ पुरस्कार प्रदान गरियो। यसबाहेक चार किलोमीटरको ड्रीम रन प्रतियोगितामा अंश ग्रहण गर्ने प्रतियोगीहरूलाई टी-शर्ट तथा प्रमाण पत्र प्रदान गरियो। यसैगरी, स्लोगन लेखन प्रतियोगितामा सर्वश्रेष्ठ तीन प्रतियोगीलाई पनि पुरस्कृत गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *