हामी दार्जिलिङको भोलि हेरेर चुनाउ लड्दैछौँ: अमर लामा

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले घुम-जोरबङ्ग्लो समष्टि अन्तर्गत राई भिल्ला, बतासे सार्वजनिक भवनमा चुनाउ सभा आयोजना गरियो। नगरपालिका वार्ड नम्बर 2 द्वारा आयोजित चुनावी सभामा पार्टीका अध्यक्ष अनित थापा, महासचिव एवम् नगरपालिका अध्यक्ष पदका उम्मेवार अमर लामा, कालेबुङका विधायक रुदेन सादा लेप्चा, केन्द्रिय सदस्य नवाङ भुटिया आदि विशेष रूपमा उपस्थित थिए। रिन्छेन घिसिङको सभापतित्वमा भएको यस चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार अमर लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चुनाउलाई मात्र हेरेर बनिएको पार्टी होइन, जातिको भविष्य हेर्नलाई बनिएको पार्टी हो भनी बताए। तिनले अझ भने,एउटा राम्रो विचार भएका नेताले आजलाई मात्र हेर्दैन तर भोलिलाई हेरेर राजनीति गर्छ।

हामी दार्जिलिङको भोलि हेरेर चुनाउ लड्दैछौँ। दार्जिलिङलाई बनाउनु हो भने नेता र जनताले एकैसाथ तालमेल राखेर काम गर्न सक्नुपर्छ। यस वार्डका जति पनि समस्याहरू छन् ती सबैको समाधान हुनेछ। यहाँको सबैभन्दा ठूलो समस्या जमीनको खतियानको रहेछ। त्यसलाई समाधान गर्ने दिशामा यहाँका नगरपार्षद्को माध्यमबाट काम गर्नेछौँ। तिनले अझ भने, हामी दार्जिलिङमा सुशासन आरम्भ गर्नेछौँ। वार्डवासीका स-साना समस्यासँगै ठुला समस्याहरू पनि समाधान गर्नेछौँ। आज अघिकाले केही गरेन भन्दै दोष मात्र लगाउने मोदी-रोगी मानसिकता भएकाहरूले नयाँ जोगी धेरै खरानीको उदाहरण दिइरहेका छन् भन्दै लामाले भागोप्रमो-को पक्षमा दावा भुटियालाई भारी मतले विजय बनाउने आह्वान गरे। यसरी नै विधायक रुदेन सादा लेप्चाले दार्जिलिङ नगरपालिकाको चुनाउ वार्डका समस्याहरूलाई समाधान गर्नको लागि प्रतिनिधि छान्ने चुनाउ मात्र होइन तर दार्जिलिङलाई सांस्कृतिक रूपमा प्रतिनिधित्व गर्ने चुनाउ हो भन्दै अबको राजनीतिलाई सैद्धान्तिक र सृजनात्मक रूपमा अघि बढाउनु हो भने भागोप्रमो-लाई साथ दिने वार्डवासीसित अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes