हाम्रै दाजु-भाइहरूको कारण हामी 2017 को आन्दोलनमा पराजय भएका हौ: नरेन्द्र कम्बाङ

दार्जिलिङ : हामी हाम्रै दाजु भाइहरूको कारणले गर्दा 2017-को आन्दोलनमा पराजय भएका हौ।गोर्खा जनमुक्ति मोर्चाको वरिष्ठ कार्यकर्ता नरेन्द्र कम्बाङले दार्जिलिङ शहरको क्यापिटल हल परिसरमा गोर्खा स्वाभिमान सङ्घर्षद्वारा निरन्तर रूपमा गरिरहेको कार्यक्रमलाई सम्बोधन गर्दै आज उपर्युक्त मन्तव्य पोखेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै तिनले भने, गत 2017 को गोर्खाल्याण्ड आन्दोलन हामी हाम्रै दाजु भाइहरूको कारणले गर्दा पराजय हुन पऱ्यो। पराजय भएको योद्धाहरूको अवस्था कस्तो हुन्छ, त्यो तपाई सबैलाई थाहा भएकै विषय हो अनि पराजय भएको योद्धाहरूसँग राज्य र केन्द्र सरकारले कस्तो ब्यवहार गर्छ, त्यो पनि तपाईं हामी सबैलाई थाहा भएकै विषय हो। पराजय भएको योद्धाहरूको शीर उठाउँन, गुमाएको स्वाभिमान पुनः फर्काइ ल्याउनको साथै हाम्रो युगौ पुरानो माग छुट्टै राज्य गोर्खाल्याण्डको लक्ष्यलाई फते गर्न हामी सबै खडा भएर एकबद्ध भएका छौ। सन् 1986 मा सुवास घिसिङको नेतृत्वमा भएको आन्दोलनलाई पराजय भन्न मिल्दैन किनभने त्यो आन्दोलनले गर्दा सरकार सम्झौताको टेबलमा आउन बाध्य भएको थियो। त्यसरी नै 2007-मा बिमल गुरूङले चलाएको आन्दोलनलाई पनि पराजय भन्न मिल्दैन किनभने त्यो समय पनि सरकार सम्झौताको टेबलमा आएको थियो तर 2017-को आन्दोलनमा हामी हाम्रै दाजु भाइहरूको कारणले गर्दा पूर्ण रूपमा पराजय भएका हौ भनि कम्बाङले बताए। बंगाल सरकारले हाम्रो स्वाभिमानलाई जहिले पनि कुल्चिने गर्छ अनि केन्द्र सरकारले हाम्रो भावनासँग खेल्ने गर्छ भन्दै तिनले भने, केन्द्रको भाजपा सरकारले चुनावको समयमा हाम्रो स्वाभिमानलाई किन-बेच गर्छ। छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई फत्ते गर्न अनि गोर्खाको आवाज पुनः उठाउन हामी घर-घरमा गएर  हराइसकेको  गोर्खाल्याण्ड शब्दलाई जगाउने काम गर्नुपर्छ। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको लक्ष्य प्राप्तीको निम्ति बिमल गुरूङ, अजय एडवार्डसहरू मिलेर योजना तयार गर्न सक्नु पर्छ भनि बताए। तिनले अझ भने, हामी त योद्धा हौ, हामीलाई ठूल्ठूलो अफरहरू आए तर पनि हामी बिक्री भएनौ। हामी गोर्खाल्याण्डको निम्ति समर्पित भएर ओर्लिएका हौ। छुटटै राज्य गोर्खाल्याण्ड होस् अथवा पहाडको विकास कार्यहरूलाई लिएर होस् बंगालमा भाजपाको कमलको फूल फलाउँने हामी हौ। दार्जिलिङको सांसद राजु विष्ट पनि यस मञ्चमा आएर गोर्खाल्याण्डको निम्ति बोल्न पर्छ, हामीले तिनलाई सांसद बनाएका हौ, कम्बाङले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes