हाम्रो भविष्य निर्माणको यात्रा गन्तव्यमा पुगेर मात्र टुंगिने छ : अनित थापा

दार्जिलिङ: हामीलाई अब न त पानीले रोक्नु सक्छ, न त आँधीले छेक्न सक्छ। हाम्रो भविष्य निर्माणको यात्रा गन्तव्यमा पुगेर मात्र टुंगिने छ भन्दै अनित थापाले आज भविष्य निर्माण यात्रा ” पछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त मन्तव्य पोखे। जीटीए चुनाउ प्रचारको अन्तिम दिन आज घूम रेल्वे स्टेशनदेखि सुरु गरिएको भविष्य निर्माण यात्रा अवधि पानी झरी पनि भनेनन् अनित थापा अनि तिनका समर्थकहरुले। गीत गाउँदै, नाच्दै 8 किलो मिटरको  “पहाड तराईको भविष्य निर्माण यात्रा” लगभग दुई घण्टा पैदल हिडेर नै तिनीहरूले पूरा गरे। यसपछि दार्जिलिङमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै अनित थापाले भने, “हामी पानीमा पनि हिड्नु सक्छौ, घाममा पनि पोलिनु सक्छौ। हिलोमा पनि उभिनु सक्छौ। हामीलाई अब न त पानीले रोक्नु सक्छ, न त आँधीले छेक्न सक्छ। हाम्रो भविष्य निर्माणको यात्रा गन्तव्यमा पुगेर मात्र टुंगिने छ।” तिनले अझ भने, जनताले मलाई नै गाली गर्छन, भोट अरूलाई दिन्छन्। हारेको केही समय पछि मेरैमा आउँछन्। सोच्दै जाँदा मलाई लाग्यो, अनित थापालाई मान्छेले माया गर्दो रहेछ। माया गर्ने मान्छेलाई नै गाली पनि गरिन्छ। हारे पनि अनित थापालाई मान्छेले दुःख पर्दा सम्झिन्दो रहेछ, बाटो भत्किँदा अनित थापालाई सम्झन्छ, पानी पर्दा अनित थापा याद आउँछ। त्यसैले म नकरात्मक सोच लिएर काम गर्दिन।


तर यसपाली जनताले मलाई नै गाली गर्छन भने गाली गर्ने ठाउँ पनि राख्नु पर्छ। अरूलाई भोट दिएर मलाई गाली गर्नु सुहाउँदैन। मलाई गाली नै गर्ने हो भने भोट दिएर हेर्नुहोस। मैले काम गरिन भने गाली गर्नुहोस। बिमल गुरुङको नाम नलिई तिनले भने, “हिजो जसले जीटीए चुनाउको बिरोध गर्यो आज त्यही व्यक्तिले तकभर भ्यालीमा भोट माग्दै हिँड्दैछ। तर तकभरमा कुशासन होइन, सुशासनको निम्ति आलोक कान्त मणि थुलुङलाई जनताले भोट दिनेछन्। अर्कोतिर, अजय एडवर्ड्स प्रति आक्रामक बन्दै तिनले भने, हामी गाडीको हुडमा उभिएर जनता समक्ष जाने नेता होइन। दार्जीलिङ पहाडले अजय एडवर्ड्सलाई चार पल्ट मौका दियो तर दार्जिलिङलाई उसले के दियो? दार्जीलिङ पहाडले अनित थापालाई एकपल्ट मौका देओस् म पहाडको भविष्य निर्माण गरेर देखाउनेछु। आजको सभामा पार्टीका महासचिव अमर लामा, केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। पैदल यात्रामा आज अनित थापाको सह यात्री बन्दै दार्जीलिङ वरीपरिका समष्टि, खरसाङका समर्थकहरुको भीड देखियो। यस अवसरमा युवा सहयात्री देविका भन्छिन्, ” हाम्रो घर घूमदेखि 25 किलो मिटर टाढा छ। अनित थापाको भिजन अनि उद्देश्य युवाको हितमा देखेका छौ। त्यसैले पनि हामी तिनको साथ दिनु यसरी पानी झरीमा पनि हिँडिरहेका छौ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *