हाम्रो चिन्हारी-को दार्जिलिङ शाखा गठन

सिलगढी: नेपाली/गोर्खा जातिको भाषा, साहित्य, संगीत, शिक्षा, भेष-भुषा, धर्म, संस्कृति एवम् जातिय पहिचानको रक्षा साथै जगीर हेतु गठन भएको उत्तर- पूर्व भारत हाम्रो चिन्हारीको दार्जिलिङ शाखा गठन एउटा भव्य कार्यक्रमबीच दार्जिलिङको सिटोङ सार्वजनिक भवनमा गरियो।


सन्तबहादुर खवासको अध्यक्षतामा सम्पन्न सभामा हाम्रो चिन्हारी राष्ट्रीय अध्यक्ष डा.बिष्णु भण्डारी, मूल सचिव मन प्रसाद सुबेदी लगायत शिलङ, असम, सिक्किम, नागाल्याण्ड, मिजोराम, सिलगढी आदिबाट प्रतिनिधिहरू उपस्थित थिए। अरूण खवासले स्वागत सम्भाषण राखेको उक्त सभामा प्रमुख अतिथि समाजसेवी बिक्रम राई, विशिष्ट अतिथि रतन कुमार थापा पनि विशेष रूपले उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *