हाम्रो एउटै गोल बङ्गाल विभाजन, अलग राज्य : भाजपा विधायक बीपी बजगाईँ

कुचबिहार : द ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङका भाजपा विधायक बीपी बजगाईँले हाम्रो एउटै गोल बङ्गाल विभाजन, अलग राज्य भनी बताए। तिनको उक्त मागले राजनैतिक माहौल गर्मिएको छ। कुचबिहारको सिद्धेश्वरी इलाकामा द ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनको तर्फबाट वीर चिला रायको जन्मजयन्तीको उपलक्ष्यमा दुईदिने कार्यक्रमको आयोजना गरिएको छ।  द ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनका सुप्रिमो महाराज अनन्त रायको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रममा खरसाङका भाजपा विधायक बीपी बजगाईँ पनि उपस्थित थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तिनले भने, धेरै वर्षदेखि हाम्रो इलाकाबाट हाम्रो इतिहास मेटाउने षड्यन्त्र चलिरहेको छ। हाम्रो इतिहासको रक्षा गर्ने जिम्मेवार हाम्रो हो। पहाडको क्षेत्र हाम्रो हो अनि यहाँको क्षेत्र राजवंशीहरूको हो। हाम्रो एउटै लक्ष्य बङ्गाल विभाजन, अलग राज्य हो। अर्कोतिर, ग्रेटर कुचबिहार पिपल्स एसोसिएशनका नेता अनन्त महाराज पनि पहिलादेखि नै एउटै मागमा अडिग छन्। तथापि, तृणमूल कङ्ग्रेसले बङ्गाल विभाजनको मागको विरोध गरेको छ। कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका पूर्व अध्यक्ष पार्थप्रतिम रायले जनताको अगाडि आउनको लागि यस्ता टिप्पणी गर्ने गरेको बताए। तृणमूल कङ्ग्रेसले बङ्गाललाई कहिल्यै विभाजन गर्न दिने छैन भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabet Built with ❤︎ by appycodes