हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पुनर्गठन

दार्जिलिङ (निसं): दार्जिलिङको माल रोड स्थित हाम्रो पार्टी-को कार्यलय पी कोठीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पुनर्गठन सभाको आयोजना गरियो। उक्त सभामा पहाडको तराई डुवर्स आदि क्षेत्रबाट श्रमिक कार्यकर्ता एवम् नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो भने प्रमुख अतिथिको रूपमा विष्णु छेत्री साथै हाम्रो शक्ति समूहका केन्द्रीय अध्यक्ष शोभा मोक्तान, हाम्रो पार्टीका केन्द्रीय संगठनिक सचिव विक्रमादि राई, शहरीय समिति अध्यक्ष प्रयाग लिम्बु, नगर पार्षद श्रीमति पेमिला भोटिया आदि उपस्थित थिए। कार्यक्रमको शुभारम्भमा अतिथिहरूको बाहुलीबाट राष्ट्रपिता गाँधीजीको तस्विर अघि दीप प्रज्ज्वलन एवम् खदा अर्पण गरियो। सभालाई सम्बोधन गर्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङले भने, पार्टीको नेता ठीक भए चिया श्रमिकहरूले न्याय पाउनेछ, श्रमिक संगठनलाई पनि काम गर्न धेरै सुविधा हुनेछ। गत 2017 को आन्दोलनदेखि पहाडको चिया श्रमिकहरूले पुजा बोनस एकमुष्ठमा पाउन नसकेको तिनले बताए। तिनले अझ भने, गत 2017 को आन्दोलनपछि पहाडको चिया श्रमिकहरूको पुजा बोनस लिएर बैठक बोलाएको थियो अनि उक्त बैठकमा पहाडको श्रमिक संगठनहरूले 20 प्रतिशत पुजा बोनसको माग बैठकको टेबलमा राखेकै हो।


2017 देखि यता पहाडको चिया श्रमिकहरूले एकमुष्ठमा पुजा बोनस पाउन सकेको छैन तर अब पहाडको चिया श्रमिकहरूले 20 प्रतिशत पुजा बोनस एकैमुष्ठमा पाउन पर्छ भन्ने मागप्रति आफूहरू प्रयासरत रहेको अध्यक्ष गुरूङले बताए। पहाडको चिया श्रमिकहरूले एकै मुष्ठमा पुजा बोनस पाउनुपर्छ भन्ने माग लिएर हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पनि पहाडको चिया बगानहरूमा गेट मीटिङहरू गर्दै आइरहेको अनि भोलिदेखि उक्त गेट मीटिङलाई अझ तीव्र रूप दिइने गुरूङले बताए। उक्त सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पुनर्गठन गरियो, जसमा सर्वसमति अनुरूप डीके गुरूङलाई केन्द्रीय अध्यक्ष चयन गरियो। यसैगरी मिरिकबाट उपाध्यक्ष डोमा तामाङ, महासचिव जतन राई, सहसचिव आनन्द थुलुङ, वविन सुब्बा, प्रमुख सल्लाकार राजु सुब्बा, कोषाध्यक्ष मीरा तामाङ, कानुन सल्लाकार विरेन्द्र रसाइली, कार्यकारिणी सदस्यहरूमा केबी गुरूङ, एसके चामलिङ, पेमा मोक्तान कालेबुङ, सविन कुमार राई कालेबुङ, विजेन्द्र छेत्री खरसाङ, फुर्बा लामा खरसाङ, नियाल थापा डुर्वस, विकाश राई डुवर्स, शारदा तामाङ, चन्द्र योन्जन, अदीप तामाङलाई चयन गरियो। आजको सभामा चिया श्रमिकहरूको हक र अधिकार दिलाउने दिशामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले निरन्तर रूपमा काम गर्ने संकल्प लियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *