हाम्रो खरसाङ, राम्रो खरसाङको परिकल्पनालाई साकार पार्न खरसाङमा विभिन्न सङ्गठनद्वारा सफाई अभियान गरिने

खरसाङ : हाम्रो खरसाङ, राम्रो खरसाङको परिकल्पनालाई साकार रूप दिनलाई खरसाङमा आगामी 15 मईको दिन तीनवटा सामाजिक संस्थाहरू मिलेर मेघा सफाई अभियान गर्ने भएको छ । ती तीनवटा सामाजिक संस्थाहरूमा क्रमैले अनामिका वेलफेयर सोसाइटी, ईभान फाउण्डेशन र विके खरसाङ-ले संयुक्त रुपमा खरसाङमा सफाई अभियान आयोजना गर्ने जानकारी गराएको छ। विशेष रुपमा हाम्रो खरसाङ राम्रो खरसाङ बनाउने परिकल्पनालाई साकार रूप दिनलाई खरसाङको तीनवटा सामाजिक सङ्गठनहरू मिलेर आगामी 15 मईको दिन बिहान 8 बजेदेखि नै सफाई अभियान अन्तर्गत सर सफाई गरिने भएको जानकारी ईभान फाउण्डेशनको तर्फबाट प्रशान्त शर्माले बताएका छन्। तिनले हाम्रो खरसाङ राम्रो खरसाङको परिकल्पनालाई साकार रूप दिनलाई हामी मात्र होइन तर सबैजनाको सहायता चाहिने र सबैले सहयोगको हात बढ़ाइदिने पनि अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *