‘हाम्रो मङपु राम्रो मङपु’-को पहलमा खाद्य सामग्रीहरू सहयोग

मङ्पु: हाल कोरोना महामारीले जारी गरेको लकडाउनलाई मध्य नजर राख्दै हाम्रो मङपु राम्रो मङपुसंस्थाले आजदेखि यहाँको नालीडाँडामा खाद्य सामग्रीहरू राखिदिएको छ। आज नालीडाँडा व्यापारी संगठनका सदस्यहरूले खाद्य सामग्रीहरू दिएर सहयोग पुऱ्याए भने घरमा खाद्य सामग्री नहुने स्थानीय मानिसहरूले कोरोनाको महामारीमा चामल, दाल, तेल, नुन, साग-सब्जी लगेर गए। हाल कोरोनाको महामारीमा कतिपय गरिब मानिसहरुलाई खाद्य अति नै आवश्यक परेको देखेर नै यस प्रकारको कार्य गर्न अघि आएको कुरा हाम्रो मङपु राम्रो मङपुसंस्थाका सदस्यहरू बिभोर सिङदन, बिदेन प्रधान, प्रणय राई, सन्दीप दियालीले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *