हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस गोर्खा श्री राष्ट्रिय सम्मान-ले सम्मानित

कालेबुङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई गोर्खा श्री राष्ट्रीय सम्मानले आज कालेबुङमा सम्मानित गरियो। आलङकरण समारोह सिन्क्लेयर्स स्ट्रिट कालेबुङले प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान कार्यक्रम आज कालेबुङमा आयोजना गरेकोथियो भने समारोहमा वरिष्ठ नाटयकार सीके श्रेष्ठ विशेष रूपमा उपस्थित थिए। उक्त कार्यक्रममा प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान समारोहमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई पहिलो गोर्खा श्री राष्ट्रिय सम्मानले सम्मानित गरियो। वरिष्ठ नाटयकार सीके श्रेष्ठको बाहुलीद्वारा अजय एडवार्डसलाई प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान स्मृति चिन्हले सम्मानित गऱ्यो।


सम्मान पत्र ग्रहण गरेपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सिन्क्लेयर्स स्ट्रिटले आफुलाई जहिले-जहिले निम्त्याउने गर्थे, तहिले-तहिले आफु आएको तिनले बताए। तिनीहरूले गर्दै आएको जाति हितको कार्यलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले मुग्धकण्ठले प्रशंसा गरे। यसको साथै गोर्खा जातिको हित कार्यमा हाम्रो पार्टी कान्छो भाइ भएर सधैं उभिने छ भनि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *