हाम्रो पार्टी अनि भागोप्रमो-बाट 25 परिवार फर्किए गोरामुमो-मा

बिजनबारी (निसं): गोरामुमो पुल बिजनबारी समष्टि अन्तर्गत विभिन्न शाखा-प्रशाखाबाट हाम्रो पार्टी अनि बीजीपीएम छोडेर 25 परिवार गोरामुमो-मा सामेल भएका छन्। गोरामुमो पार्टीको समष्टि स्तरीय एउटा बैठकमा समष्टि उपाध्यक्ष गाइस सुब्बा अनि समष्टि प्रतिनिधिहरूले तिनीहरूलाई खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवधि कतिपय भुल भ्रान्तीले गर्दा आफुहरू गोरामुमो त्यागेर हाम्रो पार्टी अनि भागोप्रामो-मा सामेल भएका थियौं तर उक्त पार्टीमा हाम्रो कुनै सोंच-बिचार नमिलेको साथै जाति र माटोको उन्मुक्तिको निम्ति कुनै सिद्धान्त नै नरहेको कारण हामी पुन: गोरामुमोमा फर्किन वाध्य बन्यौं भनी तिनीहरूले बताएका छन्। तिनीहरूले अझ भने, हामी जाति र माटोको उन्मुक्ति चाहन्छौ। हामीले न्याय पाएपछि विकास भन्ने कुरा आफै हुन्छ। सिद्धान्त विहिन दलमा सामेल हुनु हाम्रो मूर्खता थियो। जनताले अब केवल गोरामुमोले न्याय दिलाउँछ भनेर बाटो हेरेर बसेका छन्। गोरामुमो अध्यक्ष मन घिसिङ मात्र इमान्दारीपूर्वक जाति र माटोको निम्ति अघि बढेकोले तिनको हातलाई बलियो बनाउनको निम्ति हामी आफ्नै घर फर्की आएका हौं। जुन पार्टीले जातिलाई न्याय दिलाउँछ, त्यो पार्टीमा सामेल भएर बलियो बनाउनु तपाईं हाम्रो कर्तव्य हो । यो नै राजनैतिक धर्म पनि हो भनी तिनीहरुले बताए। पुल बिजनबारी समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले यसबारे जानकारी दिँदै अन्य धेरै जना मानिसहरूले पनि पुन: पार्टीमा फर्की आउने ईच्छा व्यक्त गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *