हाम्रो पार्टी छोडेर 25 जना युवाहरू तृणमूल कङ्ग्रेसमा सामेल

मिरिक: जीटीए चुनाउको मुखैमा नै हाम्रो पार्टीलाई मिरिकमा झट्का लागेको छ। मिरिक नगरपालिका क्षेत्रबाट हाम्रो पार्टी-का 25 जना युवाहरूले पार्टी छोडेर तृणमूल कङ्ग्रेसको झण्डा समाते । जानकारी अनुसार मिरिक नगरपालिका क्षेत्रका 25 जना युवकहरूले आज बिहिवार हाम्रो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएपछि हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले दलीय झण्डा प्रदान गरेर तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। तृणमूल कङ्ग्रेसमा सामेल भएपछि युवाहरूले भने, मिरिकमा अहिले तृणमूल कङ्ग्रेसको लहर चलेको छ। जता हावा बग्छ, उतैतिर जानु नै बुद्धिमता हो ।यसैले हामी तृणमूल कङ्ग्रेसमा सामेल भएका हौ। तिनीहरूले आजदेखि तृणमूल कङ्ग्रेस प्रार्थीको पक्षमा सक्रिय चुनाउ प्रचार गरेर प्रार्थीहरूलाई विजय बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। यस अवसरमा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले भने, प्रत्येक दिन युवाहरूको पार्टीमा बढ्दो समर्थनले हामीले चुनाउ जितिसकेका छौ, अब केवल ओैपचारिकता मात्र बाँकी रहेको छ। यस अवसरमा युवा मिरिक टाउन संयोजक विकास सुब्बा, युवा नेता संगीत राई, तृणमूल कङ्ग्रेस मिरिक टाउन कमिटी अध्यक्ष कुमार प्रधान आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *