हाम्रो पार्टीद्वारा अग्नि पीडित परिवारलाई सहयोग

मिरिक: हाम्रो पार्टी मिरिक महकुमा समितिले मिरिक नगरपालिका वार्ड नम्बर 6 काउँले गाउँ निवासी अग्नि पीडित सुनिल राईलाई घर निर्माण गर्नको लागि आज दुई गाडी गिटी, दुई गाडी बालुवा अनि 25 ब्याग सिमेन्ट प्रदान गरेको छ। यसबारे हाम्रो पार्टी  मिरिकका अध्यक्ष प्रशान्त लामाले जानकारी गराएका छन्। यस अवसरमा 24 नम्बर पार्टी अध्यक्ष सुमन गुरुङ, सचिव जुगल प्रधान, अनुप तामाङ आदि उपस्थिति थिए। तिनले अझ भने, यसभन्दा अघि पनि हाम्रो पार्टी मिरिकको तर्फबाट अग्नि पिडित राई परिवारलाई 20 हजार रूपियाँ सहयोग गरिसकेको छ। अग्नि पिडितहरूको पक्षमा हाम्रो पार्टी सहयोग गर्न सँधैं तत्पर रहनेछ। अर्कोतिर, दु:खको समयमा यसरी सहयोग गरिदिएकोमा अग्नि पिडित सुनिल राईको श्रीमती सुनिता तामाङले  हाम्रो पार्टीप्रति आभार व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *