हाम्रो पार्टीद्वारा दार्जिलिङमा निर्माणाधिन भवन अघि विक्षोभ प्रदर्शन, निर्माण कार्यमा रोक लगाइनु पर्ने माग

दार्जिलिङ (निसं): हाम्रो पार्टीको तर्फबाट दार्जिलिङको नेहरू रोडस्थित एउटा निर्माणाधिन भवन अघि आज दिउँसो केही समयसम्म विक्षोभ प्रदर्शन गर्नको साथै अवैध रूपमा बनिरहेको उक्त भवनको निर्माण झट्टै बन्द गर्नु पर्ने माग गरेको छ।


हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एडवार्डसले उक्त भवन अवैध रूपमा निर्माण भइरहेको बताउँदै दार्जिलिङ भूकम्प क्षेत्र रहेकोले गर्दा यसको निर्माण कार्यमा झट्टै रोक लगाउनु पर्ने माग बताएका छन्। दार्जिलिङ नगरपालिको बोर्डले घुष थापेर यस्ता अवैध निर्माणाधिन भवनहरूको निर्माणमा सहयोग पुऱ्याइरहेको अजय एडवार्डसले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *