हाम्रो पार्टी-द्वारा पीडित परिवारलाई राहत सामग्रीहरू प्रदान

टिस्टा (निसं): टिस्टा नदीको बाढले व्यापक क्षय क्षति पुऱ्याएपछि टिस्टामा नदी किनारका रहेका केही घरहरू बगाएर लगेपछि धेरै परिवारहरू घरविहिन भएर हाल राहत शिविरमा आश्रय लिएर बसेका छन्। ती पीडित परिवारका मानिसहरूलाई सहयोग पुऱ्याउने उद्देश्य लिएर आज बिहान हाम्रो पार्टीका नेतृत्वहरू पनि राहत सामाग्रीहरू लिएर शिविरमा पुगेका थिए। हाम्रो पार्टीका नेता तथा तकदाह-ग्लेनबोन क्षेत्रका सभासद सन्नी बम्जन लगायत टिस्टा समष्टिको पार्टीका नेतृत्वहरूले टिस्टास्थित प्रभावित क्षेत्रमा आज बिहान खाना पकाउने ग्यास, कम्बल, सुत्ने गद्दा, चप्पल, छाता, गम्बुट लगायत खाद्य सामाग्रीहरु वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *