हाम्रो पार्टीका दिपेन गुरुङ सहित 60 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-मा सामेल

कालेबुङ : कालेबुङको अलगडामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मी सभा सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टीका दिपेन गुरुङ लगायत अन्य 11 जना भागोप्रमो-मा सामेल भएका छन्। दिपेन गुरुङले गत जीटीए चुनाउमा हाम्रो पार्टीको मन्सोङ रंग्पु समष्टिका सभासद उम्मेदवार रहेर चुनाउ लडेका थिए। पार्टीमा सामेल भएपछि दिपेन गुरुङले भने, हाम्रो क्षेत्रको सभासद विरे ज्युको कामबाट हामी प्रभावित भएका छौं।


39 नम्बर समष्टिको उत्थान गर्ने सुनौलो अवसर आएको समय देखेर सल्लाह गरेर आफूहरू भागोप्रमो-मा सामेल हुने निर्णय लिएपछि आज सामेल भएका हौ। आफूलाई भोट दिने जनताहरूसित पनि भागोप्रमो-मा सामेल हुन अघि सल्लाह गरेको छु। यसैगरी, उक्त सभामा अलगडा समष्टि क्षेत्रको सिरिसेबाट पनि हाम्रो पार्टीका 60 परिवार भागोप्रमो-मा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.