हाम्रो पार्टीका नगर पार्षद मणि लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ (निसं): पञ्चायत चुनाउको मुखैमा हाम्रो पार्टीलाई फेरि ठूलो झट्का। दार्जिलिङ नगरपालिकाका वार्ड नम्बर 14 का नगर पार्षद मणि लामा आज हाम्रो पार्टी छोड़ेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा भए सामेल। दार्जिलिङमा आयोजित पार्टीको एउटा कार्यक्रममा आज दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 14 का नगर पार्षद मणि लामाले हाम्रो पार्टीलाई त्यागेर आधिकारिक रूपमा भारतीय गोर्ख प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि तिनलाई पार्टी अध्यक्ष अनित थापाले खदा लगाइ दिएर आफ्नो पार्टीमा न्यानो स्वागत जनाउँदै तिनलाई दलीय झन्डा प्रदान गरे। यस अवसरमा भागोप्रमो-का केन्द्रीय शिर्ष नेतृत्वहरू पनि उपस्थित थिए। यस अवसरमा पार्षद मणि लामाले भने, एकतर्फ अनित थापाज्यू जोड्ने क्रममा हुनुहुन्छ अर्को तर्फ गठबन्धनको नाममा क्षेत्रिय दललाई माँस्ने कार्य हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *