हाम्रो पार्टीका सभासदद्वय प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीमाथि जनताले लिइनेछ निर्णय: अजय एडवार्डस

दार्जिलिङ (निसं): हाम्रो पार्टीका सभासदहरू प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको मामिलालाई पार्टी अध्यक्ष अजय एडवार्डसले जनताको अघि सुम्पिएको छ। जीटीए सभाको चुनाउमा हाम्रो पार्टीले मोठ 45 वटा समष्टिमा नै उम्मेद्वारहरू खडा गरेको थियो भने चुनावी मैदानमा हाम्रो पार्टीले आफुहरूलाई मतदान गर्ने मतदाताहरूलाई अनि पार्टीलाई धोका दिने छुइँन भन्दै उम्मेद्वारहरूले शपथ पत्रमा हस्ताक्षर समेत गरेका थिए। जीटीएको 45 वटा आसनहरू मध्ये हाम्रो पार्टीले आठवटा आसनमा जीत हासिल गरेको थियो। यीमध्ये घूम जोरबङ्गला समष्टिको हाम्रो पार्टीका सभासद प्रमोस्कर ब्लोन र पूल बिजनबारी समष्टिका सभासद भूपेन्द्र छेत्रीले हाम्रो पार्टीको ब्यानरमा जीत हासिल गरेर हाम्रो पार्टीकै भित्र-भित्रै जरा काट्ने काम गरेको सुइँको पाएको आरोप लगाउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले केन्द्रीय नेतृत्वहरूसँग टेलिफोनिक सम्पर्क गरेर यी दुई सभासदहरूलाई विदा दिएका थिए। हाम्रो पार्टी अध्यक्ष एडवार्डसको यस निर्णयमाथि पहाडको राजनैतिक पृष्ठ भूमिमा धेरै प्रश्नहरू तेर्साए तापनि वास्तवमा तिनको उक्त निर्णय पार्टी र संगठनको पक्षमा सही निर्णय रहेको थियो भन्ने पार्टी कार्यकर्ताहरूको भनाई रहेको बताइएको छ। अजय एडवार्डसले एक दिन विलम्ब गरेको भएता तापनि यी दुई सभासदहरूको भित्रि चाल खेलले संगठनलाई ठूलो चोट पुग्ने थियो, त्यसकारण तिहारको समयमा केन्द्रीय कमिटीको बैठक बोलाउनु पनि उचित समय नभएको हुनाले केन्द्रीय नेतृत्वहरूसँग टेलिफोनिक सर सल्लाह गरेर मात्र उक्त कदम उठाएको हो भन्ने पार्टी कार्यकर्ताहरूको भनाई रहेको कुरा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। यस सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले स्पष्ट शब्दमा भने, जीटीए सभाको चुनाउ अवधि हाम्रो पार्टीको सबै उम्मेद्वारहरूले शपथ नामा पत्रमा आफुहरूलाई मतदान गर्ने मतदाताहरू साथै पार्टीलाई धोका दिने छुइँन भन्दै शपथ नामा पत्रमा हस्ताक्षर गरेका थियौ। यसैले शपथ नामा पत्रमा हस्ताक्षर गरेर आफुलाई मतदान गर्ने मतदाताहरू अनि पार्टीलाई धोका दिनेहरूलाई जनताले के निर्णय लिइने छ, त्यो आफुले जनतामाथि नै छोडी दिएको तिनले बताए। आगमी दुई-तीनको अवधिमा हाम्रो पार्टीले साधारण सभा बोलाएर यी विषय जनता समक्ष राखिनेछ अनि जनताले यस बारे जे निर्णय लिइनेछ, त्यसलाई नै सर्वमान्य ठानिने तिनले बताएका छन्। यसको साथै यस विषयमा उच्च न्यायलयमा जाने कि नजाने भन्ने विषयमा पनि जनताले नै निर्णय लिइनेछ पार्टी अध्यक्ष एडवार्डसले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *