हाम्रो पार्टी-का सभासद प्रतीम सुब्बा रेलिङ कैजले समष्टिको भ्रमणमा

दार्जिलिङ: हाम्रो पार्टी केन्द्रीय कमिटी सदस्य तथा सभासद प्रतीम सुब्बाले आज रेलिङ कैजले समष्टिको भ्रमण गरे। यस अवधि सभासद प्रतीम सुब्बालाई  स्थानीय पार्टी कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत जनाए। सभासद सुब्बाले स्थानीय पार्टी कार्यकर्ता एवम् समर्थकहरूलाई साथमा लिएर गाउँ-गाउँ घुमेर स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै गाउँलेहरूले भोग्दै आइरहेको विविध समस्याहरू पनि सुने।


यस अवधि तिनले भने, हाम्रो पार्टी जनताको पार्टी हो, जनताले भोग्न परेको समस्याहरूलाई जनताको पार्टीले प्राथमिकताको साथमा काम गर्नेछ। हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता एवम् सभासद सुब्बाले रेलिङ कैजले समष्टिको मानिसहरूसित एउटा बैठक पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *