हाम्रो पार्टीको मिरिक सौरेनी समष्टिमा नयाँ कमिटी गठन

मिरिक (निसं): मिरिक महकुमा अन्तर्गत हाम्रो पार्टी सौरेनी समष्टिका सबै सदस्यहरूलाई लिएर सम्पन्न एउटा सभामा पुरानो समष्टिलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। शिक्षक बीएम सुब्बाले सञ्चालन गरेको सभामा सर्वप्रथम पहाडको वर्तमान राजनैतिक परिवेशमाथि चर्चा-परिचर्चा गरियो। यसपछि समष्टिको नयाँ कमिटी गठन गरियो ।उक्त हाम्रो पार्टी सौरेनी समष्टिको नयाँ कमिटीका सभापति सुरेश थापा, उप सभापति प्रभाकर छेत्री, सचिव अदिप राई, सह सचिव कल्याण प्रधान, कोषाध्यक्ष बबिता तामाङ,सह कोषाध्यक्ष सदन सुब्बा, सल्लाहकारहरू पुरण प्रधान, सुजन थापा, डीके सुब्बा, बीएम सुब्बा लगायत कार्यकारी सदस्यहरू चयन गरियो। सभामा सौरेनी समष्टि अन्तर्गत विभिन्न शाखा-प्रशाखाका सदस्यहरूहरू उपस्थित थिए। हाम्रो पार्टीको सौरेनी समष्टी कमिटीले अब संगठनलाई दह्रिलो बनाएर हाम्रो पार्टी अध्यक्षलाई हरेक समयमा साथ दिएर तिनको हात बलियो बनाउने प्रतिबद्धता प्रकट गरेको समष्टि अध्यक्ष सुरेश थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *