हाम्रो पार्टीको रंगबूल धोत्रे समष्टि स्तरीय कमिटी गठन

रंगबूल (निसं): हाम्रो पार्टीको संगठन विस्तारको क्रममा आज रंगबूलको सार्वजनिक भवनमा सम्पन्न सभामा रंगबूल धोत्रे समष्टि गठन गरिएको छ। यस अवसरमा पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डस, महासचिव फुर्तेम्बा भोटिया लगायत सभासद जितेन राई, सभासद रूवेनदास प्रधान, शारदा राई सुब्बा, नगरपार्षद मणि लामा, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङ आदि प्रमुख रूपमा उपस्थित थिए।


सभामा रंगबूल धोत्रे समष्टि अन्तर्गत विभिन्न क्षेत्रका मानिसहरूको उपस्थितिमा सर्वसहमति अनुसार गठन गरिएको हाम्रो पार्टीको समष्टी स्तरीय कमिटीमा अध्यक्ष कृष्ण लिम्बु, कार्यकारिणी अध्यक्ष वाङचुक याल्मो, उपाध्यक्ष दर्शन तामाङ, सचिव राजेन राई, सह-सचिव मेगन गुरूङ, नवीन प्रधान, सुमन राई, विमल तामाङ, कोषाध्यक्ष सुधन बस्नेत, सह कोषाध्यक्ष रनिम गुरूङ र विमन घिसिङलाई चयन गरिएको छ। त्यसै गरी कार्यकारिणी सदस्यहरू क्रमैले श्याम राई, विजय राई, युसुप तामाङ, राम कुमार तामाङ ,सुकमान राई, अनित राई, प्रभाकर तामाङ, वाङगेल तामाङ, राजेन प्रधान, छितेन तामाङ आदि चयन गरेको छ। यी नव निर्वाचित नेतृत्वहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई जन-मानस समक्ष पुऱ्याउने संकल्प लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *