हाम्रो पार्टी-को सहर सफाई अभियानलाई बाधा पुऱ्याएको गाउँलेहरूको आरोप

दार्जिलिङ: दार्जिलिङ सहरको सफाई अभियान हाम्रो पार्टी-का सदस्यहरूद्वारा हिजोदेखि शुरू गरे तापनि कतिपय असमाजिक क्रियाकलाप गरेर यसलाई बाधा पुऱ्याउने कार्यहरू गरिरहेको आरोप लगाइएको छ। प्राप्त जानकारी अनुसार हिजो मात्र सफाई गरिसकेको दार्जिलिङको भोटिया बस्तीदेखि चौरास्ता जाने बाटोमा पुनः मैला,फोहोरको थुप्रो अव्यवस्थित रुपमा फालिएको भेट्टाइको कुरो गाउँलेहरुले देखेपछि यसबारे जानकारी गराएको छ। हाम्रो पार्टी-ले पहाड़लाई फोहोर मुक्त गराउने समाजिक कार्य गरिरहेको भए तापनि कतिपय असमाजिक व्याक्तिहरूले यस कार्यलाई समेत बाधा पुऱ्याउने प्रचेष्टा गरिरहेकोले यसको प्रतिवाद गर्दै पहाड़लाई मैला-फोहोर नगरिदियोस् भन्ने गाउँलेहरूले अपिल गरेका छन्। तिनीहरूको भनाई अनुसार जुन प्रकारले हाम्रो पार्टी-का सदस्यहरुद्वारा पहाड़ सफाई अभियान लगातार रुपमा चलिरहेको छ, सोही विचारलाई समस्त जनताले पनि हाम्रो दार्जीलिङलाई सफा राख्न तयार बनौ अनि उक्त कार्यहरु गर्न नगरपालिकाको काम हो भन्ने सोंच नराखेर हामी सबैको पनि साफ सफाई राख्ने उत्तरदायित्व सम्झेर प्रत्येकले यसको निम्ति अघि बढौं भन्दै गाउँवासीहरुले सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *