हाम्रो पार्टी-को ट्रेड युनियनद्वारा सिन्कोना श्रमिकहरूको आन्दोलनलाई समर्थन

मङ्पु: सिन्कोना बगानमा कार्यरत् ग्रुप डी-का कर्मचारीहरूलाई पद्धोन्नति गरिनु पर्ने माग गर्दै टीएमसी ट्रेड युनियनले श्रमिकहरूको हितमा उठाएको आन्दोलनलाई आज 16 दिनमा हाम्रो पार्टीको ट्रेड युनियनले पनि समर्थन जनाएको छ। आज हाम्रो पार्टी ट्रेड युनियन सभापति डीके गुरुङ, उपसभापति थेबा तामाङ, बीबी राई अनि मङपु जोन पार्टीका सभापति प्रगीत रुचाल, उपसभापति विवेक छेत्रीले आज मङ्पुमा धरनामा बसेका श्रमिकहरूसित भेट गरेर तिनीहरूको आन्दोलनलाई समर्थन जनाए। स्मरण रहोस, सिन्कोना बगानका ग्रुप डी-का श्रमिकहरूको आन्दोलनलाई भागोप्रमो, गोजमुमो-को ट्रेड युनियन साथै सिटिजन फोरमले अघिबाट नै सहयोग गरिसकेको छ भने आज धरनास्थलमा आएर हाम्रो पार्टी-को ट्रेड युनियनले पनि सिन्कोना श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *