हाम्रो पार्टी मिरिक ब्राञ्चको जिम्मा प्रशान्त लामालाई

मिरिक: हाम्रो पार्टी मिरिक शाखाको अब बागडोर युवा नेता प्रशान्त लामालाई सुम्पिएको छ। तिनी हाम्रो पार्टी गठन हुनभन्दा अघिदेखि नै अजय एडवर्डससित निकै नजिकको मानिन्छ भने पार्टी गठन भए यता तिनले नै मिरिकलाई प्रतिनिधित्व दिइरहेका थिए। हाम्रो पार्टीले मिरिक शाखा अध्यक्षको जिम्मेवारी दिएपछि 31 वर्षीय प्रशान्त लामाले प्रतिक्रिया व्यक्त गर्दै आफु युवा भएको कारण आफ्नो प्राथमिकता युवाहरुमाथि नै विशेष रहने बताएका छन्। तिनले युवा भनेको समाजको मेरुदण्ड हो अनि युवाहरुले नै पहाडलाई राजनीतिक अनि सामाजिक विसङ्गतिदेखि बचाउन सक्ने धारणा व्यक्त गरेका छन् । यसको साथै समावेशी राजनिति अनि समाजको आधार तय गर्न युवाहरु अघि आउनुपर्ने आवश्यकता रहेको अनि मिरिकमा पार्टीलाई अझ बलियो बनाएर लैजाने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *