हाम्रो पार्टी मिरिकका संयोजक प्रशान्त लामाद्वारा दार्जिलिङ नगरपालिकाको विजय प्रार्थीहरूलाई बधाई

मिरिक: दार्जिलिङ नगरपालिका चुनाउमा हाम्रो पार्टीको जीत भएपछि यता हाम्रो पार्टी मिरिकका संयोजक प्रशान्त लामाले पार्टीको विजय उम्मेद्वारहरू लगायत कार्यकर्ताहरूलाई बधाई दिएका छन्। तिनले आज हाम्रो पार्टीको निम्ति ऐतिहासिक दिन रहेको बताउँदै पहाडमा केही महिना अघि मात्र जन्मिएको पार्टीको लागि यो जीत ठूलो उपलब्धि रहेको बताए। दार्जिलिङ नगरपालिकाको 32 वटा वार्डमा क्षेत्रीय पार्टीहरूसँगै राष्ट्रिय पार्टीका उम्मेद्वारहरू पनि खडा भएका थिए। तथापि अजय एडवार्डको नीतिलाई दार्जिलिङ नगरवासीले मन पराएर नै हाम्रो पार्टीलाई एकल बोर्ड गठन गर्ने अवसर दिएको तिनले बताएका छन्। दार्जिलिङ नगरपालिका चुनाउको जीतले अब कालेबुङ, खरसाङ अनि मिरिकको नगरपालिका चुनाउमा पनि पार्टीको जीत निश्चित रहेको तिनले ठोकुवा गरेका छन्। दार्जिलिङ नगरवासीले विगतमा अन्य राजनीति दलहरूलाई आफ्नो बहुमूल्य मत दिएर विजय बनाए तापनि तिनीहरूले चुनाउ अवधि गरेका वाचाहरू पूरा गर्न नसकेकोले यसपल्ट नगरपालिका चुनाउमा हाम्रो पार्टीलाई मौका दिएको छ। पार्टीले जीत हासिल गरेपछि अब दार्जिलिङ नगर निगमको बोर्ड गठन गर्ने निश्चित भएकोले नगरवासीले भोग्नु परिरहेका विविध समस्याहरू चाँडै पुरा गर्ने तिनले बताए। चुनाउ जितेका अन्य राजनीतिक दलका सबै उम्मेद्वारहरूलाई पनि तिनले बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes