हाम्रो पार्टी त्यागेर 35 परिवारले जनाए डेण्डुप पाखरीनलाई समर्थन

टिस्टाभेल्ली: जीटीए चुनाउको ठीक एक दिन अघि तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत आज जिङलाम चियाबारीको चार नम्बर गाउँका धेरैजना युवाहरूले हाम्रो पार्टी-लाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समष्टि उम्मेद्वार डेण्डुप पाखरीनलाई समर्थन जनाएका छन्। ती समर्थित युवाहरूले भने, हाम्रो पार्टी-ले हामीलाई खेल मैदान निर्माण गर्नको निम्ति तेल बिनाको जेसीभी पठाएर ॠणमा डुबाएको छ। हामीले डेण्डुप पाखरीनलाई मनबाट फालेका थिएनौं। यसैले आज हामी वहाँलाई भेट्न आयौं। भोली आइतवार हुने जीटीए चुनाउमा हामी वहाँलाई भारी मतले बिजयी गराउँने छौं। भागोप्रमो समष्टि कार्यालय नामरिङमा पार्टी अध्यक्ष डेण्डुप पाखरीन, युवा नेतृत्व अतीत गुरुङ अनि नारी नेत्री रजनी गुरुङको बाहुलीबाट दलीय झण्डा प्रदान गरेर 35 परिवारका युवाहरूलाई आफ्नो पार्टीमा स्वागत जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *