दार्जिलिङ: केशव राज पोख्रेलको नेतृत्वमा बिजनबारीको रेलिङ कैजलेका 230 परिवार हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज दार्जिलिङको जज बजारमा स्थित पार्टीको केन्द्रीय कार्यालयमा मिलन समारोह आयोजना गरेर तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै पार्टी अध्यक्ष अनित थापाले दलीय झन्डा प्रदान गरे। यस अवसरमा पार्टीका अध्यक्ष अनित थापा लगायत महासचिव अमर लामा, सभासद सतीश पोख्रेल, आलोक कान्तमणि थुलुङ आदि प्रमुख रूपमा उपस्थित थिए।