हाम्रो शक्ति समुहद्वारा अर्थोपेडिक सर्जनको मागमा दार्जिलिङको सीएमओएच-लाई ज्ञापन

दार्जिलिङ : अर्थोपेडिक सर्जनको नियुक्ति गरिनु पर्ने माग गर्दै हाम्रो पार्टीको तर्फबाट चिफ मेडिकल अफिसरलाई ज्ञापन चढाए। दार्जिलिङ जिल्ला अस्पतालमा अर्थोपेडिक सर्जनको अभावले मानिसहरूले भोग्दै आइरहेको जन गुनासोलाई ध्यानमा राख्दै चिफ मेडिकल अफिसरलाई हाम्रो पार्टीको नारी एकाई हाम्रो शक्ति समुह-को प्रतिनिधि टोलीले ज्ञापन पत्र चढाउन गए तापनि चिफ मेडिकल अफिसर विशेष कामले बाहिर रहेको हुनाले प्रतिनिधि टोलीले ज्ञापन पत्र तिनको कार्यालयमा सुम्पिएको बताइएको छ।


हाम्रो पार्टीको नारी एकाई हाम्रो शक्ति समुहका नेतृत्वहरूले बताए अनुसार दार्जिलिङ जिल्ला अस्पतालमा अर्थोपेडिक सर्जनको अभावको कारणले गर्दा मानिसहरूले नीजि अस्पतालहरूमा जाँच गराउन बाध्य छन्। जन गुनासोलाई ध्यानमा राख्दै हाम्रो पार्टीले जिल्ला अस्पतालमा अर्थोपेडिक सर्जन नियुक्ति गरिनु पर्छ भन्दै चिफ मेडिकल अफिसरलाई ज्ञापन पत्र चढाएको हो तर आज चीफ मेडिकल अफिसर बाहिर भएको हुनाले तिनको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। चिफ मेडिकल अफिसर जिल्ला अस्पतालस्थित तिनको कार्यालयमा आएपछि हाम्रो शक्ति समुहले फेरि भेटने भएको जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *