ह्यान्ड सेनिटाइजर र मास्कको मूल्य केन्द्र सरकारद्वारा निर्धारित

सिलगढी : कोरोना भाइरसको सङ्क्रमणपछि हाल देशभरिकै विभिन्न राज्यहरूमा ह्यान्ड सेनिटाइजर अनि मास्कको कालाबजारी भइरहेको बारे विभिन्न गुनासोहरू प्राप्त भएपछि केन्द्र सरकारले सेनिटाइजर र मास्कको निश्चित मूल्य तोकेको छ। यदि उक्त तोकेको मूल्यभन्दा कुनै पनि व्यापारीले अधिक मूल्यमा मास्क अथवा ह्यान्ड सेनिटाइजर बिक्री गरेको भेट्टाइए उचित कार्वाही गरिने चेताउनी समेत दिएको छ। केन्द्रीय कन्ज्युमर एफेयर्स मन्त्री राम विलास पासवानले दिएको जानकारीअनुसार 2 अनि 3 प्लाइ मास्कको मूल्य गत 12 फरवरी 2020 अनुसार नै निर्धारित गरिएको छ। यसको साथै 2 प्लाइ मास्कको खुदरा बिक्रीमा 8 रुपियाँ अनि 3 प्लाइ मास्कको मूल्य 10 रुपियाँ राखिएको छ। यसैगरी, ह्यान्ड सेनिटाइजरको 200 एमएल बोतलको खुदरा बिक्री मूल्य 100 रुपियाँभन्दा अधिक लिइन पाइने छैन। यसबाहेक अन्य आयतनअनुसारको बोतलको मूल्य पनि यहीँ अनुपातमा रहने छ भने यी मूल्यहरू आगामी 30 जुन 2020 सम्म सम्पूर्ण देशभरि लागू रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *