हाँसीमारा एसियन हाईवेमा सडक दुर्घटनामा युवकको मृत्यु

कालचिनी : कालचिनी ब्लकको हाँसीमारा 10 नम्बर इलाकाको एसियन हाईवेमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कालचिनी ब्लकको दलसिंहपाडा स्टेसन लाइन निवासी एकजना युवक हिजो साँझ स्कुटीमा सवार भएर दलसिंहपाडाबाट हाँसीमारातर्फ गइरहेको समय हाँसीमारा 10 नम्बर इलाकामा एउटा वाहनले स्कुटीलाई पछिल्तिरबाट धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको छ। स्थानीय मानिस तथा हाँसीमारा आउटपोस्ट पुलिसको सहयोगमा गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगे तापनि गत रातिनै उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। हाँसीमारा आउटपोस्ट पुलिसले आज शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *