हाँसीमारामा ढुङ्गा बोकेको ट्रक पल्टिँदा चालक घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको हाँसीमारामा एउटा ढुङ्गा बोकेको ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रक चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान भुटानगामी एसियन हाईवेमा ढुङ्गा बोकेको ट्रक यान्त्रिक खराबीको कारण अनियन्त्रित भएर पल्टिँदा ट्रक चालक घाइते भएका छन्। हाँसीमारा आउट पोस्ट पुलिसले घाइते चालकलाई उद्धार गरेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको लागि लैजानको साथै ट्रक नियन्त्रणमा लिएर थानामा लगेको बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *