हाँसीमारामा सडक दुर्घटनामा 2 जना घाइते

कालचिनी :  कालचिनी ब्लकको हाँसीमारा इलाकामा सडक दुर्घटनामा दुईजना युवक घाइते भएका छन्। घाइतेहरू साँताली चियाकमान निवासी साहिब टोप्पो र अर्जुन कचुवाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति हाँसीमारा इलाकामा एउटा मालवाहक सानो वाहनले बाइकलाई पछिल्तिरबाट धक्का दिँदा बाइकमा सवार दुईजना युवक घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगिएको छ। हाल दुईजना युवकको लताबारी अस्पतालमा उपचार चलिरहेको छ भने ती दुवैको अवस्था आशंकाजनक रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *