हाँसीमारामा सडक दुर्घटनामा व्यक्तिको मृत्यु

हाँसीमारा : हाँसीमाराको राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर एकजना बाइक सवार व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति कालचिनीको पूर्व साताली इलाका निवासी अभिषेक मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कालचिनी पूर्व साताली इलाका निवासी अभिषेक मण्डल मदारीहाटबाट बाइकमा सवार भएर आइरहेको समय हाँसीमारा तोर्षा पुल संलग्न इलाकामा एउटा ठुलो वाहनले किच्चाउँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर हाँसीमारा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *