हंसखाली घटनाको विरोधमा हिन्दू जागरण मञ्चद्वारा सिलगढीमा र्‍याली

सिलगढी : नदियाको हंसखाली घटनालाई लिएर आज हिन्दू जागरण मञ्चको तर्फबाट एउटा र्‍याली निकालिइयो। सिलगढीको भेनस मोड़बाट निकालिइएको  उक्त र्‍याली सेभोक मोड़ हुँदै विभिन्न पथहरू परिक्रमा गरेर एयरभ्यू मोडमा पुगेपछि हिन्दू जागरण मञ्चका सदस्यहरूले हातमा प्ला कार्ड लिएर घटनाको विरोध गर्दै प्रदर्शन गरे। यस अवधि तिनीहरूले सबै दुष्कर्म गर्नेहरूलाई फाँसीको सजाइ दिइनुपर्ने माग पनि गरे। हिन्दू जागरण मञ्चका सदस्यहरूले बताएअनुसार राज्यमा महिलाहरूमाथि हाल दुष्कर्मको घटना बढ्दै गइरहेको छ। जुन देशमा दुर्गा, काली, लक्ष्मी, सरस्वतीको पुजा गर्ने गरिन्छ त्यहीँ देशको एउटा राज्य बंगालमा नारीहरूमाथि दुष्कर्मको घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ।  घटनालाई लिएर राज्यकी मुख्यमन्त्रीले आपत्तिजनक बयान दिएको छ। जुन बंगालका मानिसहरूको लागि लज्जास्पद हो। दुष्कर्म गर्नेहरूलाई फाँसीको सजाइ दिइनुपर्ने साथै तिनीहरूको घर बुलडोजर लगाएर भत्काइदिइनुपर्ने तिनीहरूले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *