हनुमान जयन्तीको अवसरमा बाघडुग्रामा निकालिइयो शोभायात्रा

बाघडुग्रा : बाघडुग्राको हाटखोला हनुमान मन्दिर कमिटीको तर्फबाट हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकालिइयो। उक्त शोभायात्रा अप्पर बाघडुग्राबाट शुरू गरेर डिफेन्स कोलनी हुँदै यहाँको विभिन्न इलाकाको परिक्रमा गर्यो। सिलगढीका काउन्सिलर अमर आनन्द दास र राज्य तृणमूल युवा कङ्ग्रेस सचिव जेपी कानोरिया पनि उक्त शोभायात्रामा सामेल थिए। अप्पर बाघडुग्रा युवा तृणमूल कङ्ग्रेसको तर्फबाट भक्तहरूको लागि पिउने पानीको व्यवस्था गरेको थियो। शान्तिपूर्ण ढङ्गमा उक्त शोभायात्रा सम्पन्न गराउने उद्देश्य लिएर पुलिसले कठोर नजरदारी गरिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *