हनुमान मन्दिरको दानपेटी चोरी भएको 1 घण्टाको अवधिमै दानपेटी सहित युवक पक्राउ

सिलगढी (निसं): सिलगढी नगरनिगमको 9 नम्बर वार्ड अन्तर्गत नेहरू रोडस्थित हनुमान मन्दिरमा आज बिहान दानपेटी चोरी भएको छ। पुलिसले घटनाको जाँच गर्दै मात्र एक घण्टाको अवधिमा दानपेटी चोरी गर्ने एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम एमडी हफिजुल (22) बताइएको छ। तिनी ज्योति नगर इलाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान नेहरू रोडस्थित हनुमान मन्दिरबाट दानपेटी चोरी भएको छ। बिहान पुजारी मन्दिरमा पुगेर दानपेटी चोरी भएको थाहा पाएपछि घटनाबारे खालपाडा आउटपोस्टमा अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मात्र 1 घण्टाको अवधिमै विवेकानन्द रोडबाट मन्दिरबाट चोरी भएको दानपेटी सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *