हेप्पी भ्याली चियाकमानबारे 25 फरवरी त्रिपक्षीय बैठक हुने

दार्जिलिङ : गत केही दिन अघिदेखि बन्द अवस्थामा रहेको दार्जिलिङको हेप्पी भ्याली चियाकमानको समस्या समाधान गर्नको निम्ति आगामी 25 फरवरीको दिन सिलगढीस्थित जोइन्ट लेबर कमिश्नर कार्यालयमा श्रमिक संगठन, मालिकपक्ष अनि श्रम विभागका अधिकारीहरूमाझ त्रिपक्षीय बैठक हुने भएको छ। उक्त बैठकमा चियाकमानका मालिक स्वयम् अनिल बन्सल, श्रमिक संगठन तथा श्रम विभागीय अधिकारीहरू उपस्थित हुने निश्चित भएको बताइएको छ। दार्जिलिङका सह श्रम आयुक्त प्रदीप नारायण भण्डारीले यसबारे जानकारी गराउँदै उक्त बैठकमा हेप्पी भ्याली चियाकमान फेरि खोलिने सम्भावना रहेको बताएका छन्। गत 17 फरवरीको दिन जोइन्ट फोरमले गेट मिटिङ गर्नको साथै दार्जिलिङका सह श्रम आयुक्तलाई एउटा ज्ञापन चढाएर हेप्पी भ्याली चियाकमानको समस्याको समाधान गर्नको लागि त्रिपक्षीय बैठक गराउने माग गरेकोले नै उक्त बैठक आगामी 25 फरवरीको दिन सिलगढीमा हुने भएको छ। स्मरण रहोस्, गत 12 फरवरीको दिन कम्पनीले फ्याक्ट्री इन्चार्जलाई आफ्नो कामबाट निष्कासित गरेपछि 14 फरवरीदेखि हेप्पी भ्याली चियाकमान अचल अवस्थामा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *