हेप्पी भ्याली कमानका फ्याक्ट्री इनचार्जलाई कामबाट हटाइयो

दार्जिलिङ : दार्जिलिङको हेप्पी भ्याली चियाकमानका फ्याक्ट्री इनचार्ज महादेव गौतमलाई 6 वटा सादा कागजमा हस्ताक्षर गर्न लगाएर कामबाट निकालिइएको घटना प्रकाशमा आएको छ। आज पीडित गौतमले चियाश्रमिकहरू अघि आएर आफूलाई कम्पनीले कामबाट हटाएको कुरो सार्वजनिक गर्दै यसबारे आफूलाई हिजो मात्र थाहा लागेको बताए। तिनले कमान छोडेर जानअघि भावुक बन्दै चियाश्रमिकहरूलाई धैर्य धारण गर्ने तर आक्रोशमा आएर कमानको सम्पत्तिहरू नष्ट नगर्ने पनि अपील गरे। तिनले भने, चियाकमानमा प्रबन्धकहरू आउँछन् जान्छन् तर यो चियाकमान तपाईँहरूकै सम्पत्ति हो यसैले यसमाथि क्षति पुर्‍याउने कार्य गर्नु हुँदैन। स्मरण रहोस्, हेप्पी भ्याली चियाकमानका श्रमिकहरूले आफ्नो चारपल्टको रोजी अनि एउटा वेतन नपाएको कारण चियाकमानको सञ्चालित टी बुटिक बन्द राखेपछि चियाकमानमा केही समयदेखि यता अनिश्चितता देखा परेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *