हरिणको सिङ सहित युवक पक्राउ

सिलगढी : वन विभागले हरिणको सिङ सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 25 वर्षीय राकेश बराइकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुकना वन विभाग स्क्वायड 1 -का रेञ्जर दीपक रसाईलीले गोप्य सूचनाको आधारमा आफ्ना टोलीको साथमा मिलनमोड बजार इलाकामा अभियान चलाएर सन्देहको आधारमा एकजना युवकलाई पक्रेर छानबीन गर्दा हरिणको सिङको एउटा सानो अंश उद्धार गर्नको साथै उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। उक्त सिङलाई बिक्री गर्नको लागि तिनी बजारमा घुमिरहेका थिए। यसको साथै आरोपी युवकले बताएको ठाउँबाट हरिणको अझ 2 वटा सिङ पनि उद्धार गरेको छ। सुकना स्क्वयड 1 सूत्रले दिएको जानकारी अनुसार जङ्गली जीव जन्तुहरूको देहांश तस्करीको पछि एउटा ठुलो गुट सक्रिय रहेको छ भने उक्त गुटको पर्दाफास गर्न वन विभागको टीम लागिपरेको छ। यस विषयमा रेञ्जर दीपक रसाईलीले भने, गोप्य सूचनाको आधारमा अभियान चलाएर तिनको टीमले ठुलो सफलता हासिल गरेको छ। सुकना स्क्वयडको टीमले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *