हरिणको सिङसहित युवक पक्राउ

खोरीबारी : नेपाल तस्करी गर्न अगावै साम्बर हरिणको सिङसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक असमको कोकराझाड़ निवासी 21 वर्षीय रूबीन टुडुको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एसएसबी भातगाउँका जवानहरूले आज खोरीबारीको सिङ्गियाजोतमा एकजना युवकलाई 5 वटा हरिणको सिङसहित पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई नक्सलबारीको टुकरियाझाड वन विभागलाई सुम्पिदिएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार उद्धार गरेको हरिणको सिङको बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका युवकलाई भोलि आइतबार सिलगढी अदालतमा पेश गरिने साथै घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *