हरियाणामा प्रेमिकाको हत्या गरेर भागेका प्रेमी सिलगढीको फुलबारीबाट पक्राउ

सिलगढी : हरियाणामा प्रेमिकाको हत्या गरेर सिलगढीको फुलबारीमा आएर बसेका प्रेमीलाई हरियाणा पुलिसले एनजेपी थाना पुलिसको सहयोगमा पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार दक्षिण दिनापुरको बङ्शीहारी निवासी सफिकुल इस्लाम काम गर्नको लागि हरियाणामा बस्दै आइरहेका थिए। विवाहित सफिकुलको हरियाणामा एउटी युवतीसित प्रेम सम्बन्ध भए तापनि युवतीलाई सफिकुल विवाहित रहेको कुरा थाहा नरहेको बताइएको छ। उक्त युवतीले सफिकुललाई आफूसित बिहे गर्ने प्रस्ताव राख्दा तिनले टार्दै आइरहेका थिए। गत अगस्त महिनामा उक्त युवतीको हत्या भएपछि सफिकुलविरुद्ध हत्याको आरोप रहेको थियो। यसपछि सफिकुल त्यहाँबाट भागेर फुलबारीमा बस्दै आइरहेका थिए। घटनापछि हरियाणा पुलिसले जाँच शुरू गर्दा आरोपीको मोबाइलको लोकेसन ट्र्याक गरेर तिनी फुलबारीको बाङ्ग्लाबान्दामा रहेको थाहा पाए। यसपछि हरियाणा पुलिसको एउटा टोलीले एनजेपी थाना पुलिसको सहयोगमा फुलबारीबाट उक्त युवकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *