हर्कमाया स्नेह फाउन्डेसन खरसाङद्वारा घैयाबारी गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान

खरसाङ : उर्गेन पेमा छोइलिङ गुरूङ गुम्बा समिति घैयाबारीका सभापति राजेश गुरूङलाई अखिल भारतीय गुरूङ तमु बौद्ध सङ्गठन खरसाङ महकुमा समिति खरसाङका सदस्य सरस्वती गुरूङको बाहुलीबाट गुम्बा निर्माणको निम्ति आर्थिक अनुदान प्रदान गरिएको बताइएको छ। खरसाङको तमु कार्यालयमा सम्पन्न भएको सभामा गुम्बा समितिका उप सभापति विशाल गुरूङ, सचिव सुनिल गुरूङको विशेष उपस्थिति रहेको थियो। हर्क माया स्नेह फाउन्डेसनले यस्ता धेरै दयनीय अवस्थामा रहेका, गुम्बा, समाज भवन,पढ्नमा अब्बल तर आर्थिक कमजोर रहेका विद्यार्थीहरूलाई सहयोग गरेर सेवा कार्य गरिरहेको छ भनी सभामा वक्ताहरूले बताए। फाउन्डेसनले आगामी दिनमा पनि यस प्रकारको सेवाका कार्यहरू गरिरहनेछ भनी हर्कमाया स्नेह फाउन्डेसनका सदस्य राजवीर गुरूङले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *