‘हारमा नै जीत लुकेको हुन्छ’ भन्ने विद्यार्थीलाई सफलताको मुल मन्त्र दिए अनित थापाले

खरसाङ: सन्त अल्फन्स उच्चतर विद्यालय, खरसाङमा आयोजित क्विज प्रतियोगितामा मुख्य अतिथिका रूपमा आज जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। यस अवसरमा तिनले आफ्नो सम्बोधनमा भने, “मलाई म सन्त अल्फन्सको विद्यार्थी हुँ भन्नु गर्व लाग्छ। पढ्नु त सबै स्कुलले सिकाउँछ तर यो स्कूलले मलाई सङ्घर्ष गर्नु सिकायो। सङ्घर्ष गर्यो भने लक्ष्यमा पुग्न सकिन्छ भन्ने सोच दिलायो। अझ पनि मेरो जीवन सङ्घर्षमय नै छ। तपाईहरु भाग्यमानी हुनुहुन्छ कि तपाईहरु सन्त अल्फन्स विद्यालयको विद्यार्थी हुनुहुन्छ।


घमण्डसँग भन्नुहोस् म यस स्कूलको विद्यार्थी हुँ। मलाई यहाँ आउँदा शान्ति महसुस हुन्छ। तिनले सफलताको मन्त्र विद्यार्थीलाई बताउँदै भने, “प्रतियोगितामा हार जीत हुन्छ तर हारमा कहिले पनि निराश हुनुहुँदैन। म पनि चार पल्ट हारेको हुँ। हारले नै शिक्षा दिन्छ। हार्दा मैले अझ कोसिस गर्नुपर्छ भनी प्रेरणा लिनुपर्छ। हारमा नै जीत लुकेको हुन्छ। क्विज कार्यक्रममा स्कुलका भूतपूर्व विद्यार्थी तथा जीटीए प्रमुख कार्यपाल अनित थापालाई विद्यालयको तर्फबाट संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *