हरसिंह हट्टामा गोरामुमो-को सांगठनिक सभा सम्पन्न

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबुङ्ग भ्याली समष्टि अन्तर्गत अप्पर हरसिंह हट्टामा गोरामुमो केन्द्रीय समितिको निर्देशनमा आज सांगठनिक सभाको आयोजना गरियो। दिवङ्गत सुवास घिसिङको तस्विरमा खदा अर्पण गर्दै दीप प्रज्ज्वलन गरेपछि सभा शुरू गरियो।


आजको सांगठनिक सभामा गोरामुमो दार्जिलिङ शाखा अध्यक्ष अजय एडवर्ड, समष्टि सभापति राजु सुब्बा, गोरामुमोका सम्पूर्ण भ्रातृ संगठन, गोरानास, गोरामुमो जनचेतना संघर्ष समिति, हिमालयन प्लाटेसन वर्कस युनियन, गोरामुमो दार्जिलिङ टाउन कमिटी, गोरामुमो युवा एकाई अनि गोरामुमो  भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *