हड़तालमा बसेका विद्यार्थीहरूसित भेट गरे गोरामुमो अध्यक्ष घिसिङले

दार्जिलिङ: दार्जिलिङ सरकरी कलेजमा भर्ना सम्बन्धि विद्यार्थी संगठनले हिजोदेखि थालेको भोक हडताललाई गोरामुमो-ले पनि समर्थन जनाएको छ। हिजो साँझमा गोरामुमो अध्यक्ष मन घिसिङ अनि अजय एडवर्डले भोक हडतालमा बसेका विद्यार्थीहरूसित भेट गरेर खदा लगाइदिनको साथै तिनीहरूको मनोबल बढाए। यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले युनाइटेड स्टुडेन्ट फोरम-को ब्यानरमा दार्जिलिङ सरकारी कलेज अघि हड़तालमा बसेका विद्यार्थीहरूसित भेटेर तिनीहरूको माग तथा हाल खबरबारे जानकारी लिए। विद्यार्थीहरूको मागलाई गोरामुमो भ्रातृ संगठन विद्यार्थी मोर्चाले पनि पूर्ण समर्थन जनाउँदै हड़तालमा अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *