हाँसीमारा एसियन हाईवेमा सडक दुर्घटनामा 1 जना घाइते

हाँसीमारा : हाँसीमारा 10 नम्बर भुटानगामी एसियन हाईवेमा सडक दुर्घटना हुँदा एकजना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार गत अबेर राति भुटानगामी एसियन हाईवेमा हाँसीमारागामी एउटा सानो माल वाहक वाहनसित एउटा ट्रक ठोक्किँदा वाहन चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर नजिकैको अस्पतालमा भर्ना गरिएको छ। पुलिसले दुईवटा वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *