हाँसीमारा डुवर्स ढाबा इलाकामा सडक दुर्घटना 2 जनाको मृत्यु, 2 घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको हाँसिमारा डुवर्सको ढाबा इलाकामा भुटानगामी एसियन हाइवेमा सडक दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएका छन्। मृतकहरूमध्ये लाक्पा शेर्पा र बौद्ध गुरू वाङ्चु लामा रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति जयगाउँ खोकला बस्ती निवासी लाक्पा शेर्पालाई अचानक छातीमा व्यथा हुँदा वाङ्चु लामा लगायत अन्य दुईजनाले तिनलाई वाहनमार्फत् अस्पताल लगिरहेको समय हाँसीमारा डुवर्स ढाबा इलाकामा तिनीहरूको वाहन अर्को एउटा वाहनसित ठोक्किँदा चारैजना गम्भीर रूपमा घाइते भएका थिए। पुलिस र स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले लाक्पा शेर्पा र वाङ्चु लामालाई मृत घोषित गरिदिए। अन्य दुईजना घाइते व्यक्तिको हाल सिलगढीको एउटा नीजि नर्सिङ होममा उपचार चलिरहेको छ भने तिनीहरूको अवस्था आशंकाजनक रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *