हाँसीमारामा दम्पतिमाथि हमला: स्वास्नीको मृत्यु, लोग्ने आशंकाजनक अवस्थामा

सिलगढी : हाँसीमारा एसियन हाईवेमा दम्पतिमाथि दुष्कृतिहरूले हमला गर्दा गर्भवती स्वास्नीको मृत्यु भएको छ। उक्त घटना हिजो राति अलिपुरद्वार जिल्लाको हाँसीमारा आउटपोस्ट अन्तर्गत भुटानगामी एसियन हाईवेमा घटेको हो। प्राप्त जानकारीअनुसार एक्रामूल हक र तिनकी स्वास्नी मजिदा बेगम जयगाउँमा आफन्तको घरमा गएका थिए भने गत राति आफ्नै वाहनमा सवार भएर घर फर्किरहेको समय हाँसीमारा ओभरब्रिज नजिक केही दुष्कृतिहरूले धारिलो हतियारले ती दम्पतिमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएका थिए। ती दुई लोग्ने-स्वास्नीलाई रक्ताम्मे अवस्थामा देखेपछि स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जयगाउँ थाना पुलिस तथा हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुई लोग्ने-स्वास्नीलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाए तापनि त्यहाँका चिकित्सकहरूले स्वास्नी मजिदालाई मृत घोषित गरिदिए। अर्कोतिर, लोग्नेको अवस्था आशंकाजनक अवस्थामा रहेकोले तिनलाई कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। मृत महिला 8 महिनाको गर्भवती रहेको थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *